Logo

Nov 20 2025 | २०८२, मंसिर ४गते

Nov 20 2025 | २०८२, मंसिर ४गते

images

नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

  • डोल्पा (ठूलीभेरी) ।नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्नुहुँदै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बंैकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ । ” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राख्नुभयो । ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । उहाँहरुले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन । बैँकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलार्ई एटिएम कार्र्ड उपलब्ध गराउने जानकारी दिनुभयो । ———

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij