Logo

Nov 20 2025 | २०८२, मंसिर ४गते

Nov 20 2025 | २०८२, मंसिर ४गते

images

खल्ती ट्रान्स्फर लिग - खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक र बम्परमा बाइक पुरष्कार जित्ने मौका

खल्ती ट्रान्स्फर लिग - खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक र बम्परमा बाइक पुरष्कार जित्ने मौका

  • काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले "खल्ती ट्रान्स्फर लिग " नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

    अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ गते देखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधी रहेको र क्रिकेटको खेल सरह यस अफरको विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ । खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर कारोवार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक , साप्तहिक र बम्पर पुरष्कार जित्नेछन् । 

    खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन , खल्ती एस्क्रो प्रयोग गर्दा २ रन , खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन , र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने, र यि रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएल को टिकट , ५० रनमा हरेक हप्ता सि एम एफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन१६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij