काठमाडौँ । बिहीबारको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९३ अंकले घट्दै २५६०.१५ बिन्दुमा झरेको छ ।घटेको प्रवृतिमा भएको कुल कारोबार साढे चार अर्ब बढी रहेको हो ।
नेप्सेले जनाए अनुसार कुल कारोबार ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २ सय ९९ रुपैया २४ पैसा बराबर भएको हो ।उक्त रकम बराबरको कारोबारका लागि १ करोड ४ लाख ४९ हजार २ सय ९६ कित्ता शेयरको खरिद बिक्री भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij