Logo

Nov 21 2025 | २०८२, मंसिर ५गते

Nov 21 2025 | २०८२, मंसिर ५गते

images

आयु इन्टरटेन्मेन्ट लिमिटेडद्वारा फिस्टेल ड्रिम पार्कको २०% आईपीओ जारी गर्ने तयारी

आयु इन्टरटेन्मेन्ट लिमिटेडद्वारा फिस्टेल ड्रिम पार्कको २०% आईपीओ जारी गर्ने तयारी

  • काठमाडौँ । आयु इन्टरटेन्मेन्ट लिमिटेडले पोखरामा रहेको लोकप्रिय मनोरञ्जन केन्द्र फिस्टेल ड्रिम पार्कका लागि सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत बराबरको आईपिओ जारी गर्न लागेको छ। कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १०० का दरले ३०,००,००० कित्ता शेयर निष्काशन गर्नुपर्ने भएकाले यसका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

    बुधबार नेपाल लाइफ क्यापिटल लिमिटेड, कमलपोखरीस्थित कार्यालयमा आयोजित कार्यक्रममा आयु इन्टरटेन्मेन्टका अध्यक्ष कदम के.सी. र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

    सारथी ग्रुपसहित देशका प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरूको लगानी रहेको फिस्टेल ड्रिम पार्क करिब ५७ रोपनी क्षेत्रफलमा फैलिएको छ। सबै उमेर समूहका लागि उपयुक्त यस पार्कमा वाटर पार्क, वेब पुल, साहसिक खेलकुद लगायतका आकर्षण समावेश छन्, जसका कारण यो नेपालकै सबैभन्दा ठूलो मनोरञ्जन पार्कका रूपमा पहिचान बनाएको छ।

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेडले धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन तथा निष्काशन र बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त गरेको मर्चेन्ट बैंकिङ्ग संस्था हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij