Logo

Nov 21 2025 | २०८२, मंसिर ५गते

Nov 21 2025 | २०८२, मंसिर ५गते

images

कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयर १ प्रतिशतमा झारिँदै, राष्ट्र बैंकको कठोर कदम

कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयर १ प्रतिशतमा झारिँदै, राष्ट्र बैंकको कठोर कदम

  • काठमाडौँ ।नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका २५ संस्थापक र १० सर्वसाधारण गरी ३५ शेयरधनीको शेयर १ प्रतिशतमा झार्ने निर्णय गरेको छ। राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूह कर्णाली डेभलपमेन्ट बैंक, नेपालगञ्जले जारी गरेको सूचनामा सो जानकारी उल्लेख गरिएको हो।सूचना अनुसार, राष्ट्र बैंकको मिति २०८१/०९/१० को निर्णयअनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरिँदा गरिएको Due Diligence Audit (सम्पत्ति–दायित्व मूल्यांकन) ले निम्न तथ्य देखाएको छः

    • संस्थाको चुक्ता पुँजीमा क्षय भएको
    • दायित्वले सम्पत्तिलाई नखाम्ने अवस्था देखिएको
    • केही शेयरधनीहरूले चुक्ता हुनुपर्ने शेयर पुँजी अवैधानिकरूपमा चुक्ता गरेको प्रमाण फेला परेको

    यिनै कारणले बैंकको पुनर्संरचना प्रक्रियाअन्तर्गत सम्बन्धित ३५ शेयरधनीको शेयर नेपाल राष्ट्र बैंक ऐन, २०५८ का सम्बन्धित दफाअनुसार १ प्रतिशतमा झारिने निर्णय गरिएको हो।

    २५ संस्थापक शेयरधनीको शेयर कटौती

    हाल संस्थापक शेयरधनीका बैंकमा २१,६०,६४०.64 कित्ता शेयर कायम छन्। यी सबैलाई १ प्रतिशतमा झारिँदा कुल शेयर २१,३६०.61 कित्ता मात्र रहनेछन्।
    (फोटोमा प्रत्येक संस्थापकको घट्ने शेयर विवरण हेर्न सकिन्छ।

    १० सर्वसाधारण शेयरधनीको शेयर कटौती

    सर्वसाधारण तर्फ हाल १२,६८४.98 कित्ता शेयर छन्। १ प्रतिशतमा झारिँदा ती घटेर १२६.85 कित्ता मात्र रहनेछन्।
    (फोटोमा सर्वसाधारण शेयरधनीहरूको घट्ने विवरण हेर्न सकिन्छ।

    नेप्सेमा सूचीकृत शेयरमा प्रभाव

    कर्णाली डेभलपमेन्ट बैंक नेप्सेमा सूचीकृत विकास बैंक हो।
    नेप्से विवरणः

    • कुल सूचीकृत शेयर: ५०,२८,३०० कित्ता
    • संस्थापक: २५,६४,४३३ कित्ता
    • सर्वसाधारण: २४,६३,८६७ कित्ता

    शेयर १ प्रतिशतमा झारिँदा बैंकको कुल सूचीकृत शेयरमध्ये करिब ४२% शेयर कटौती हुनेछ।
    यसमा सबैभन्दा धेरै संस्थापकतर्फका ८२.४६% शेयर घट्नेछ। पुनर्संरचना पछि कुल २९,००१,४१ कित्ता शेयर मात्र रहने अनुमान छ।

    शेयर जफत हुनुको कारण

    व्यवस्थापन समूहका अनुसार २५ संस्थापक र १० सर्वसाधारणले

    • चुक्ता गर्नुपर्ने पुँजी चुक्ता नगरेको,
    • पब्लिककै रकम दुरुपयोग गर्दै चुक्ता देखाएको,
    • आवश्यक प्रमाण समेत कागजमा फर्जी रूपमा राखेको भेटिएको थियो।

    यिनै अनियमितताका कारण उनीहरूको शेयर जफत गरी १ प्रतिशतमा झारिएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij