Logo

Nov 23 2025 | २०८२, मंसिर ७गते

Nov 23 2025 | २०८२, मंसिर ७गते

images

निर्माण व्यवसायी र कर्मचारीको ढिलासुस्तीले राज्यलाई ठूलो क्षति : मन्त्री कुलमान घिसिङ

निर्माण व्यवसायी र कर्मचारीको ढिलासुस्तीले राज्यलाई ठूलो क्षति : मन्त्री कुलमान घिसिङ

  •  

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ठेक्का लिएर पनि काम नगर्ने निर्माण व्यवसायी तथा समयमै निर्णय नगर्ने कर्मचारीका कारण राज्यले ठूलो नोक्सानी व्यहोर्नु परेको बताएका छन्।

    नेपाल इन्जिनियरिङ परिषद्ले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले पूर्वाधार विकासका आयोजनामा प्राविधिक दक्षता अभाव र निर्णयप्रक्रियामा ढिलाइ हुँदा परियोजना कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताए।

    उनका अनुसार धेरै आयोजना समयमा सम्पन्न नहुनुका कारण रोजगार सिर्जना, उत्पादनशीलता वृद्धि तथा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा हुने अपेक्षित योगदानजस्ता लाभ बञ्चित भइरहेका छन्।

    मन्त्री घिसिङले थपे, “धेरै आयोजना निर्माण व्यवसायीका कारण मात्र रोकिने होइन, आयोजनाले गर्नुपर्ने निर्णय समयमै नहुनु पनि प्रमुख कारण हो। निर्णय लिन डराउने प्रवृत्ति, इन्जिनियरहरू कमजोर हुनु र त्यसले ठेक्का सम्झौतामा असर पार्नु—यी सबै समस्याहरू देखिएका छन्। ठेक्का व्यवस्थापन र नेतृत्वमा रहेका व्यक्तिले कानुनी रूपमा स्पष्ट हुने गरी छिटो निर्णय लिनुपर्छ।”

    उनले इन्जिनियरहरू आफ्नो प्राविधिक भूमिकाभन्दा बढी सामाजिक तथा वातावरणीय पक्ष सम्हाल्न बाध्य भइरहेको भन्दै यसले विकास परियोजनामा थप चुनौती सिर्जना गरेको उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij