Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

आर्थिक वर्ष सकिएको चार महिना बित्दा पनि ४६ कम्पनी मात्रले लाभांश घोषणा, युनिलिभरको १८४२% सबैभन्दा धेरै

आर्थिक वर्ष सकिएको चार महिना बित्दा पनि ४६ कम्पनी मात्रले लाभांश घोषणा, युनिलिभरको १८४२% सबैभन्दा धेरै

  • काठमाडौँ । आर्थिक वर्ष सकिएको चार महिना बितिसक्दा पनि नेप्सेमा सूचीकृत २५९ कम्पनीमध्ये मात्र ४६ कम्पनीले लाभांश घोषणा गरेका छन्। त्यस्तै, ५१ कम्पनीले साधारण सभा (AGM) घोषणा गरिसकेका छन् भने ४० कम्पनीले AGM सम्पन्न गरिसकेका छन्। ११ कम्पनीले मिति घोषणा गरे पनि सभा सम्पन्न गर्न बाँकी छ।

    यस अवधिमा सूचीकृत कम्पनीहरूले न्यूनतम ५% देखि अधिकतम १८४२% सम्मको लाभांश घोषणा गरेका छन्। सबैभन्दा धेरै युनिलिभर नेपालले १८४२% नगद लाभांश घोषणा गर्दै शीर्ष स्थान हासिल गरेको छ।
    बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर र सिंगटी पावरले ५% लाभांश दिएका छन्। बरुण र ङादीले ४.७५% बोनस + ०.२५% नगद तथा सिंगटीले ५% नगद लाभांश वितरण गरेका छन्।

    क्षेत्रगत लाभांश घोषणा स्थिति

    • वाणिज्य बैंक : १० बैंक
      • सबैभन्दा धेरै : एभरेष्ट बैंक – २०% (६% बोनस + १४% नगद)
      • सबैभन्दा कम : सिटिजन्स बैंक – ५.२६% (५% बोनस + ०.२६% नगद)
      • स्ट्यान्डर्ड चार्टर्ड, सानिमा र ग्लोबल आईएमईले नगद मात्र वितरण।
    • विकास बैंक : ७ बैंक
      • सबैभन्दा धेरै : मुक्तिनाथ विकास बैंक – १८.२% (१३.५३% बोनस + ४.६७% नगद)
      • सबैभन्दा कम : मितेरी डेभलपमेन्ट बैंक – १०% नगद
    • फाइनान्स : २ कम्पनी
      • मञ्जुश्री – १७% नगद,
      • ICFC – १५.८% नगद
    • उत्पादन तथा प्रशोधन
      युनिलिभरसँगै हिमालयन डिस्टिलरी, नेपाल ल्युव आयल, सर्वोत्तम सिमेन्ट र शिवम सिमेन्टले समेत लाभांश घोषणा।
      • हिमालयन डिस्टिलरी : २५% (२०% बोनस + ५% नगद)
      • सर्वोत्तम सिमेन्ट : २०%
      • शिवम सिमेन्ट : १२.५%
      • नेपाल ल्युव आयल : २१.०५%
    • होटल :
      • सोल्टी होटल – ३१.६% (१५% बोनस + १६.६% नगद)
    • लगानी समूह :
      • सबैभन्दा धेरै : एनआरएन – ४२.११% (४०% बोनस + २.११% नगद)
      • हाथवे : १२.६३%
      • निफ्रा : ६.३२% नगद
    • लघुवित्त :
      • गुराँस लघुवित्त / साना किसान : १५%
      • आशा लघुवित्त : १०%
      • स्वावलम्बन : १०%
      • RSDC : ८% नगद
    • हाइड्रोपावर :
      • सबैभन्दा धेरै : साहज ऊर्जा – २२.१% (२१% बोनस + १.११% नगद)
      • मिड सोलु / सिक्लेस : १५.७९%
      • नेपाल हाइड्रो / युनिभर्सल पावर : ९.७४%
      • अरुण भ्याली : ८.४२%
      • सुपरमादी : ५.२६%

    समग्रमा, धेरै कम्पनीहरूले अझै लाभांश घोषणा गरिनसकेकाले लगानीकर्ताहरू आगामी महिनामा थप घोषणा आउने अपेक्षामा छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij