काठमाडौं । नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने स्वीकृति दिएको छ। १०० रुपैयाँ अंकित मूल्यका १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएसँगै बैंकले अब आईपीओ प्रक्रिया औपचारिक रूपमा अघि बढाउने तयारी गरेको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हाल्नेछ। बोर्डले सोमबार स्वीकृति दिएको हुँदा बैंकले छिट्टै सेयर आवेदनको मिति तथा प्रक्रिया सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij