Logo

Nov 25 2025 | २०८२, मंसिर ९गते

Nov 25 2025 | २०८२, मंसिर ९गते

images

राजस्व अनुसन्धान विभागमा को को उपसचिव आए  को को गए ?

राजस्व अनुसन्धान विभागमा को को उपसचिव आए  को को गए ?


  • काठमाडौँ । राजस्व अनुसन्धान विभागमा कार्यरत केही उपसचिवहरूको सरुवा भएको छ । यही कार्तिकको दोस्रो हप्तादेखि प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रालयमा आएको राजस्व अनुसन्धान विभागमा उपसचिवहरूको सरुवा भएको हो ।  राजस्व अनुसन्धान विभागबाट सरुवा भएका  उपसचिवहरूमा राजस्व अनुसन्धान कार्यालय  बुटवलका कार्यालय प्रमुख उपसचिव सुवास श्रेष्ठ, राजस्व अनुसन्धान कार्यालय इटहरीका  प्रमुख  उपसचिव  अर्जुन राई , राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख उपसचिव  हरिप्रसाद शर्मा, राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख उपसचिव  कृष्णप्रसाद शर्मा, राजस्व अनुसन्धान विभागका उपसचिव कृष्णप्रसाद गैरे, उपसचिव उमेशराज रिजाल र विभागको प्रशासन प्रमुख रहेका उपसचिव प्रकाश पोखरेलको सरुवा भएको छ ।
    राजस्व अनुसन्धान विभागबाट सरुवा भएका उपसचिवहरू सबैको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।
    अर्थमन्त्रालय अन्तर्गत आएपछि राजस्व अनुसन्धान विभागको संरचनामा फेरबदल भएको छ । राजस्व अनुसन्धान विभागमा दुई सहसचिव १३ जना उपसचिव ४१ जना अफिसर रहने छन् ।महानिर्देश र उपमहानिर्देशक बाहेक ११ जना उपसचिव राजस्व समूहका रहनेछन् । राजस्व समूहका उपसचिवहरू कार्तिक ३० गते नै सरुवा भएर राजस्व अनुसन्धान विभाग आएका थिए । राजस्व अनुसन्धान विभाग आएका राजस्व समूहका उपसचिवहरूमा, राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा दिपेन्द्रप्रकाश गिरी  , राजस्व अनुसन्धान कार्यालय इटहरीमा सुजितकुमार सिंह  , राजस्व अनुसन्धान कार्यालय पथलैयामा  शशि भट्टराई र राजस्व अनुसन्धान कार्यालय बुटवलमा राधेश्याम दाहाल  रहेका छन् । यस्तै सन्तोष न्यौपाने राजस्व अनुसन्धान विभाग, अशोक गुरागाईँ राजस्व अनुसन्धान विभाग, तोयानाथ सापकोटा राजस्व अनुसन्धान विभाग, यमराज पाण्डे राजस्व अनुसन्धान विभाग र भिमप्रसाद आचार्य राजस्व अनुसन्धान विभाग आएका छन् ।जेन्जी आन्दोलनपछि सुस्तरहेको अनुसन्धान विभागको नयाँ संरचना अनुसार  कर्मचारीहरू आएगएपछि  अब गति लिने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij