Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न, आगामी वर्षका कार्यक्रम तथा बजेट पारित

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न, आगामी वर्षका कार्यक्रम तथा बजेट पारित

  • काठमाडौँ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक बुधबार श्रव्यदृश्य (भर्चुअल) माध्यमबाट सम्पन्न भयो।

    बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा कार्यक्रम समितिका अध्यक्ष किरण शाक्यले सार्क सदस्य राष्ट्रबीच संवाद, सहकार्य र सामूहिक कदम अघि बढाउन महत्वपूर्ण मञ्च रहेको बताउँदै यस संस्थाको भूमिकालाई अझ परिणाममुखी बनाउन आवश्यकता रहेको उल्लेख गरे।

    सार्क सचिवालयका अनुसार महासचिव मोहम्मद गोलाम सरवरले सदस्य राष्ट्रहरूबाट प्राप्त निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दक्षिण एसियाली मुलुकहरूको सामूहिक उन्नति मुख्य उद्देश्य भएको बताए। उनका अनुसार सार्कले सहकार्यका माध्यामबाट धेरै उपलब्धि हासिल गर्न सक्ने विश्वास रहेको छ।

    बैठकले आगामी वर्षका लागि सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रहरूको बजेट र गतिविधिसम्बन्धी वार्षिक तालिका समीक्षा गरी अन्तिम रूप दिएको छ।

    नेपालको अध्यक्षतामा सम्पन्न यस बैठकमा बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका परराष्ट्र मन्त्रालयका सहसचिव, सार्कका विशेष निकाय तथा क्षेत्रीय केन्द्रका प्रमुख तथा सचिवालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij