Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

कर कार्यालयहरू खारेज भएपछि व्यवस्थापन गर्न आन्तरिक राजस्व विभागको आग्रह

कर कार्यालयहरू खारेज भएपछि व्यवस्थापन गर्न आन्तरिक राजस्व विभागको आग्रह

  • आन्तरिक राजस्व विभागद्वारा जनशक्ति व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई आग्रह 
    काठमाडौँ । आन्तरिक राजस्व विभागले जनशक्ति व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।  कार्तिक १७ गते मन्त्रिपरिषद्को बैठकले कर कार्यालयहरू खारेज गरेपछि ती कर कार्यालयहरूमा कार्यरत कर्मचारीहरू व्यवस्थापनका लागि विभागले अर्थ मन्त्रालयलाई परिपत्र गर्दै यस्तो आग्रह गरेको हो ।


    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बोधार्थ दिँदै अर्थ मन्त्रालयका राजस्व सचिवका नाममा विभागले यस्तो पत्र लेखेको हो । कार्तिक १७ गते मन्त्रिपरिषद्को बैठकबाट करदाता कार्यालयहरू खारिज गरिएपछि सो कार्य कोष तथा लेखा नियन्त्रक कार्यालय र स्थानीय पालिकाहरूबाट भई आएको छ । 
    यो जानकारीसहित मंसिर ७ गते राजस्व सचिवलाई पठाइएको जनशक्ति व्यवस्थापन गर्न महानिर्देशक मदन दाहाल हस्ताक्षरित पत्रमा भनिएको छ ‘ ... सम्बन्धित  कोष तथा लेखा नियन्त्रक कार्यालय तथा स्थानीय पालिकाहरूबाट सम्पादन हुने गरी निर्णय भएको हुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् सम्बन्धित पालिकाहरूसँग समन्वय गरिदिन हुन अनुरोध छ ’

    ird.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij