Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

चीनसँग जोडिएको कोरला नाका खुला भएपछि स्थानीयमा खुसियाली


नया सडक

२०८०, कात्तिक २७ सोमबार (From Archieve)

  • 441
    Shares

  • चीनसँग जोडिएको कोरला नाका खुला भएपछि स्थानीयमा खुसियाली

    काठमाडौं । करिब चार वर्ष पछि मुस्ताङस्थित चीनसँग जोडिएको कोरला नाका सोमबार खुलेपछि त्यहाँका स्थानीयहरूमा खुसियाली देखिएको छ ।

    २०७६ चैतदेखि ठप्प रहेको कोरला नाका सोमबारदेखि खुलेसँगै सरकारले वितरण गरेको सीमा पार पास देखाएर चीनतर्फ गएर खुसियाली जाहेर गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय मुस्ताङले १ हजार हाराहारी सीमा पार पास वितरण गरेको र अझ केही वितरण गर्न बाँकी रहेको जनाएको छ ।

    कोरला सीमा नाका बन्द हुन अघि त्यहाँ वर्षमा २ पटक मेला लाग्ने गरेको थियो ।

    त्यो मेला स्थानीयहरूको  आम्दानीको स्रोत बन्ने गरेको थियो । तर कोरोना महामारी फैलिएपछि नाका र मेला दुवै बन्द हुन पुगेको थियो ।

    यो नाकाबाट खासगरी पीठो, खुर्सानी, बिजुलीका सामान, पेय पदार्थ लगायतको कारोबारसँगै  चाडबाडको समयमा भेडा च्याङ्ग्रा पनि आयात निर्यात गरिने गरिएको छ ।

    प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएका बेला नाका खोल्ने सहमति भए अनुसार यो नाका खोलिएको हो ।

    सोही सहमति अनुसार नाका जोडिएका पालिकाका नागरिकलाई पास वितरण गरियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij