Logo

Dec 05 2023 | २०८०, मंसिर १९गते

images

दक्ष प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन


नया सडक

२०८०, कात्तिक २८ मंगलबार

  • 120
    Shares

  • दक्ष प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन


    काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न र गराउन राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको छ ।

    images

    यही कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो समिति गठन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको थियो ।

    सो प्रतिष्ठानमा एक अधिकार सम्पन्न सञ्चालक समिति रहने र प्रतिष्ठानको प्रशासकीय प्रमुखका रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ ।

    मन्त्रालयलका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिष्ठानलाई श्रम बजारको मागबमोजिमको प्रशिक्षणको विषय पहिचान र छनोट गर्ने, पाठ्यक्रम तथा मापदण्ड स्वीकृत गरी लागू गर्ने, प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको सीप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्ने÷गराउने जिम्मेवारी छ ।


    साथै बाह्य तालिम प्रदायक संस्थाको दर्ता, आबद्धता, सूचीकरण, अनुगमन निर्देशन र आवश्यक समन्वय तथा नीतिगत व्यवस्था गर्ने, प्रतिष्ठानबाट सञ्चालन हुने प्रशिक्षणलाई अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट मान्यता दिलाउन आवश्यक व्यवस्था मिलाउने, स्वदेशी रोजगारदाता कम्पनी, गन्तव्य मुलुक, तालिम प्रदायक अन्य संस्थासँग समन्वय गरी प्रशिक्षणको आवश्यक व्यवस्था मिलाउनेसम्मको अधिकार प्रतिष्ठान रहेको छ ।


    यस प्रतिष्ठानबाट आगामी दिनमा छ महिना अवधिसम्मको व्यवसायी र सीपमूलक तालिम सञ्चालन गरिनेछ । यस प्रयोजनका लागि पाठ्यक्रम तयार गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने सीपको परीक्षण गर्ने र प्रमाणपत्र जारी गर्ने कार्यसमेत यो प्रतिष्ठानबाट गरिने प्रावधान छ । 
    मन्त्रिपरिषद् बैठकबाट स्वीकृत सो राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०८० राजपत्रमा प्रकाशित गरी लागू गरिने मन्त्रालयले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस