Logo

Dec 05 2023 | २०८०, मंसिर १९गते

images

अर्थतन्त्र थप चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग सुझाव लिदैं


२०८०, मंसिर ५ मंगलबार

  • 336
    Shares

  • अर्थतन्त्र थप चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग सुझाव लिदैं

    काठमाडौँ । अर्थतन्त्र थप चलायमान बनाउन सरकारले आज निजी क्षेत्रसँग सुझाव लिने भएको छ । मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले आज निजी क्षेत्रसँग सुझाव, लिने भएको हो । 

    images

    अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए। 

    अर्थतन्त्र थप चलायमान बनाउन थप के के गर्न सकिन्छ भनेर आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने भएको हो । हिजोको बैठकमा देशको अर्थतन्त्रबारे अर्थमन्त्रीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको र त्यसपछि राष्ट्र बैंकका गभर्नर र राष्ट्रिय योजना आयोगका प्रतिनिधिले ब्रिफिङ गरेका थिए 

     

    प्रतिक्रिया दिनुहोस