काठमाडौं । आज नेप्से १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा आएको छ । १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन २८५ कम्पनीको करिब ३३ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।
आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंकको डिबेन्चर र सिटिजन लाइफ इन्सुरेन्स परेका छन् ।