Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images

सुन, सीमाला, हुन्डी र क्रिप्टोको अवैध कारोबारी नरेश अग्रवाल करोडौँ रकमसहित अन्ततः पक्राउ, को हुन् नरेश ?


नया सडक

२०८०, माघ ५ शुक्रबार (From Archieve)

  • 14.2k
    Shares

  • सुन, सीमाला, हुन्डी र क्रिप्टोको अवैध कारोबारी नरेश अग्रवाल करोडौँ रकमसहित अन्ततः पक्राउ, को हुन् नरेश ?

    काठमाडौं । सी माला , सुन र हुन्डी चिट्ठीको अवैध कारोबार गर्दै आएका नरेश अग्रवाल अन्ततः  पक्राउ परेका छन् । दुई करोड भन्दा बढी रकमसहित आफ्नै घर क्षेत्रपाटीबाट गएराति उनीसहित अन्य दुईलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो ।

    images

    विगत लामो समयदेखि काठमाडौंको बौद्ध क्षेत्रबाट सुन , सी माला (तिब्बतीहरूले लगाउने) तथा पत्थरहरूको कारोबार गर्दै आएका नरेशले कपडाको समेत कारोबार गर्दै आएका थिए । बौद्ध , चप्पल कारखाना चोक, सामाखुशी चौकी अगाडि ,क्षेत्रपाटीमा समेत घर भएका नरेशले पछिल्लो समय सामाखुशीको आलिशान महल बेचेर केही वर्ष अघिदेखि क्षेत्रपाटीमा बस्दै आएको स्रोतले बताएका छ ।

    नरेशका दाई भतिजहरू अहिले चप्पल कारखाना नजिक रहेको आलिशान घरमा बस्छन् । विभिन्न व्यापार व्यवसाय गर्दै आएका उनको परिवारका एक सदस्यले काठमाडौंको सुकेधारा क्षेत्रमा विशाल फर्निचर उद्योग र शो रुम समेत सञ्चालन गर्दै आएका छन् ।विभिन्न महँगा कपडाको कारोबार गर्दै आएका  नरेश र उनका दाईले बौद्ध स्तूप क्षेत्रमा पसलहरू सञ्चालनमा छन् ।  दार्जिलिङको कालेपुङबाट काठमाडौ आई नरेशले अवैध कामको साम्राज्य फैलाएका हुन् ।  नयाँ सडक दैनिक र नया सडक डटकमले केही वर्ष अगाडि नै नरेश अग्रवालले गर्ने गरेका अवैध कामको खुलासा गरेको थियो । नयाँ सडक दैनिकले २०७६साल साउन १४ गते मंगलबार तदनुसार ३० जुलाई २०१९मा नै नरेश अग्रवालको अवैध धन्दाको बारेमा समाचार सार्वजनिक गरेको थियो । 

    यस्तो थियो त्यसबेलाको पत्रिका

    h11.pngक्यारिङ तथा कार्गोसमेतको कारोबार गर्ने गरेको बताइएका नरेश दाजुभाइले बौद्ध स्तूपमा रहेको मामन कपडा पसल तथा अन्य कारोबार गर्दै आएका थिए । अहिले उक्त पसल उनका आफन्तले सञ्चालन गर्दै आएका छन् । छोरा विवेक अग्रवालले समेत बाबुको काम सम्हाल्दै आएको बताइएको छ ।सर्वेन्द्र खनाल महानगरीय प्रहरी अपराध महाशाखामा एसएसपी हुँदा नरेशलाई सुन र हुन्डी रकम  तथा अन्य वस्तुहरूसहित पक्राउ गरिएको थियो । केही दिन बौद्ध प्रहरीको थुनामा समेत रहेका नरेश अग्रवाललाई उनका  एक जना तायल थरका आफन्तले छुटाएका थिए ।तायल थरका ती आफन्त उद्योगपति एवं शक्तिको प्रयोग गर्न सक्ने व्यक्ति हुन् ।

    यसकारण समातिए नरेश 

    विगत लामो समयदेखि राजस्व अनुसन्धान विभागले अवैध क्रिप्टोकरेन्सी, अनलाइन जुवा, हुन्डी तथा सुन तस्करीसँग आबद्धहरूको खोजी गरिरहेको थियो । पछिल्लो समय क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कारबाही गरिरहेको थियो र छ । सोही क्रममा नरेश अग्रवालले पनि अवैध सुन , क्रिप्टोकरेन्सी , हुन्डी र सी मालालगायतको कारोबार गर्छन् भन्ने कुरा अनुसन्धानमा रहेका निकायहरूको जानकारीमा थियो । राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सी, हुन्डी, सुन र सी माला कारोबारमा संलग्नहरूको खोजी गर्ने क्रममा नरेशलाई गएराति दुई करोड नगदसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।  नरेशसँगै अन्य दुई व्यक्तिलाई पक्राउ गरिएको बताइन्छ ।उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन् ।  नरेशको घरबाट  कपडा अन्य वस्तु बरामद गरिएको छ । बरामद कपडाको मूल्यांकन हुन बाँकी रहेको बताइन्छ ।  

    प्रतिक्रिया दिनुहोस