Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै


नया सडक

२०८०, चैत २० मंगलबार

  • 375
    Shares

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

     

    तुलसीपुर ।  लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ । 

     

    प्रदेश सरकारका प्रवक्ता तथा गृहन्मन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार अपराह्न ४ बजे विश्वासको मत लिने तयारी छ । त्यसका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको उहाँले जानकारी दिनुभयो । 

     

    केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । 

     

    लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार÷चारजना सदस्य हुनुहुन्छ । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित हुनुहुन्छ । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन÷तीनजना प्रदेशसभा सदस्य हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक÷एकजना प्रदेशसभा सदस्य हुनुहुन्छ । साथै एक जना स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ । रासस

    प्रतिक्रिया दिनुहोस