Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

सरकारले विदेशी लगानीकर्ताको विश्वास जित्न अध्यादेश ल्याउने तयारीमा


नया सडक

२०८०, चैत २७ मंगलबार

  • 750
    Shares

  • सरकारले विदेशी लगानीकर्ताको विश्वास जित्न अध्यादेश ल्याउने तयारीमा

    काठमाडौं । सरकारले  विदेशी लगानीकर्ताहरूको विश्वास जित्न अध्यादेश ल्याउने तयारी गरिरहेको छ ।नियमित प्रक्रियाबाट संविधान संशोधन हुन नसके लगानी सम्मेलन सफल पार्न सरकारले अध्यादेश ल्याउन लागेको हो । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्वपूर्ण भूमिका रहने बताए ।

    संघीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकार लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

    सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनको सफलता सम्भावित लगानीकर्ताहरूले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत अनुकूल व्यापार वातावरणको सृजना गरिएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन अनुसार लगानी सम्मेलन सफल पार्न अध्यादेश ल्याउन सकिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।
     बैशाखामा लगानी सम्मेलनमा विदेशी लगानीको विश्वास आर्जन गर्न नियमित प्रक्रियाबाट कानुन संशोधन सम्भव नभएकोले अध्यादेश ल्याउन लागिएको अर्थमन्त्री पुनले बताए ।

    प्रतिक्रिया दिनुहोस