Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

न्युरोड क्षेत्रबाट बरामद डेढ किलो सुन र डेढ करोड नगदको मालिक को ? चार नेपाली र तीन भारतीयको कनेक्सन कहाँ ?

न्युरोड क्षेत्रबाट बरामद डेढ किलो सुन र डेढ करोड नगदको मालिक को ? चार नेपाली र तीन भारतीयको कनेक्सन कहाँ ?

  • काठमाडौं ।तीन भारतीयसहित चार नेपाली इन्द्रचोक चोखाटे गली आसपास क्षेत्रबाट पक्राउ परे । प्रहरीले उनीहरूको साथबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड रकमसहित पक्राउ ग¥यो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन र नगदसहित  तीन भारतीय र चार नेपालीलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भारतीय नागरिक अमूल विभूति, ऋषिकेश विभूति र गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ ।त्यसैगरी पक्राउ पर्ने नेपालीहरूमा विर्तामोड झापाका ३० वर्षीय दिनेश खरेल, सोही स्थानका २२ वर्षीय भरतराज खरेल दार्चुलाका २१ वर्षीय आयुष बडु र दार्जुलाकै ४७ वर्षीय गणेशदत्त बडु रहेका छन् ।

    प्रमुख व्यापारिक केन्द्र न्युरोड क्षेत्रबाट यति ठुलो अवैध धनमाल पक्रनुलाई आश्चर्यको रुपमा लिइएको छ । प्रहरीले अहिलेसम्म यति ठुलो परिमाणमा सुन र नगद कसको हो , यसको कनेक्सन कहाँ जोडिएको छ , अझै पता लगाउन सकेको छैन् ।एक उच्च प्रहरी अधिकारीले अनुसन्धान जारी भएकोले यसै भन्न नमिल्ने बताउँदै यो प्रकरण अहिलेसम्म रहस्यमय रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij