Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

लगानी सम्मेलनको दोस्रो दिन समापन हुन अघिसम्म पाँच सम्झौता भए


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 234
    Shares

  • लगानी सम्मेलनको दोस्रो दिन समापन हुन अघिसम्म पाँच सम्झौता भए

    काठमाडौं । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन दुई वटा दुईपक्षीय सम्झौता  भएको छ । सम्मेलनमा सोमबार होटलसँग सम्बन्धित र सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित विषयमा एमओयू सम्झौता भएको हो ।

    images

    नेपालको साःख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको छ ।सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित सम्झौतासँगै नेपालमा सार्वजनिक निजी साझेदारी विषयमा अध्ययन तथा सहकार्य हुनेछ ।लगानी सम्मेलनको दोस्रो दिन समापन हुन अघिसम्म कूल ५ वटा एमओयू सम्झौता भइसकेको छ ।

    सम्मेलनको पहिलो दिन तीनवटा एमओयू  भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजबीच दुई सम्झौतामा हस्ताक्षर भएका थिए ।  यी दुई व्यापारिक छाता संगठनले आपसी सहकार्य र उद्योग तथा लगानी स्थापनासँग सम्बन्धित एमओयू गरेका थिए ।

    लगानी सम्मेलनको पहिलो दिनमै  सूचना तथा प्रविधिसँग सम्बन्धित विषयमा एमओयू भएको थियो । सो सम्झौताअनुसार रामकोटमा साढे ३ अर्ब रुपैयाँभन्दा बढी लागतको डाटा सेन्टर स्थापना हुनेछ । सो सम्झौता भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बीएलसी होल्डिङबीच भयो ।सम्झौतामा नेपालमा सुपरक्लाउड डाटा सेन्टर स्थापना गरिने भनिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस