Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीबीच उर्जा परियोजना विकासमा साझेदारी गर्ने सम्झौता


नया सडक

२०८१, वैशाख १८ मंगलबार

  • 660
    Shares

  • आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीबीच  उर्जा परियोजना विकासमा साझेदारी गर्ने सम्झौता

    काठमाडौं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीबीच नेपालका उर्जा परियोजना विकासमा साझेदारी गर्ने सम्झौता भएको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पीटी पीएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजा बीच सहकार्य गर्न समझदारीमा हस्ताक्षर भएको हो ।

    नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी  हो । नवीकरणीय ऊर्जाको नेपालमा सम्भाव्यताबारे थप अध्ययन अनुसन्धान गर्ने गरी यो सम्झौता भएको छ । यो कम्पनीले आफ्नो सेवा विस्तार सिंगापुर, मलेसिया, कुवेत , चीन र साउदी अरबमा गरिसकेको छ । आईएमई ग्रुपले जलविद्युत, बैंकिङ, बीमा,  पर्यटन पूर्वाधार  र सूचना प्रविधिका क्षेत्रहरूमा लगानी विस्तार गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस