काठमाडौं । अघिल्लो वर्षको तुलनाा यो वर्ष प्रतिव्यक्ति आयमा ५७ अमेरिकी डलरले वृद्धि भएको छ । यो वर्ष प्रति व्यक्ति आय १४५६ अमेरिकी डलर बराबर रहेको छ । गत वर्ष १३९९ अमेरिकी डलर बराबर प्रतिव्यक्ति आय रहेको थियो ।
तर आर्थिक वृद्धि भने लक्ष्यको आधा मात्र हुने भएको छ । सरकारले आर्थिक वृद्धि साढे ६ प्रतिशत हुने भएपनि यो साढे ३ प्रतिशत वरिपरि रहने देखिएको छ । सरकार अन्तर्गत राष्ट्रिय तथ्यांक कार्यालयले गरेको अनुमान अनुसार यो वर्ष आर्थिक वृद्धि साढे तीन प्रतिशत रहने जनाएको छ ।
कार्यालय प्रमुख अर्जुन पोखरेलले यता दुई वर्ष अर्थतन्त्र निके कमजोर रहेको बताए । उद्योग निर्माणको आर्थिक वृद्धि ऋणात्मक देखिएको छ भने कृषि क्षेत्रमा सवा दुई प्रतिशतको वृद्धि भएको हो ।