Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

भाजपाको निमन्त्रणमा लोकसभाको निर्वाचनको पर्यवेक्षण गर्न दिल्ली जाँदै विभिन्न दलका नेताहरू


नया सडक

२०८१, वैशाख १९ बुधबार

  • 582
    Shares

  • भाजपाको निमन्त्रणमा लोकसभाको निर्वाचनको पर्यवेक्षण गर्न दिल्ली जाँदै विभिन्न दलका नेताहरू

    काठमाडौँ ।भारतको सत्ताधारी दल  भारतीय जनता पार्टीले चुनावी पर्यवेक्षकको रूपमा नेपालका विभिन्न दलका नेताहरूलाई बोलाएको छ । विश्वका विभिन्न दलका नेताहरूलाई बोलाउने क्रममा नेपालका नेताहरूलाई भारतमा जारी लोकसभा निर्वाचनको पर्यवेक्षण गर्न बोलाइएको हो ।

    भाजपाको  निमन्त्रणामा नेपाली काँग्रेसको तर्फबाट उदयशम्शेर राणा, माओवादीको तर्फबाट मातृका यादव, एमालेको तर्फबाट विष्णु रिमाललगायतका नेताहरू दिल्ली जान लागेका हुन् ।

    भाजपाले १० वटा देशका १८ वटा पार्टीलाई बोलाए अनुसार अस्ट्रेलियाको लेबर पार्टी, भियतनामका कम्युनिस्ट पार्टी, बंगलादेशका बङ्गलादेश अवामी लिग, इजराइलका लिकुड पार्टी, युगान्डाका नेशनल रेसिसटेन्स मुभमेन्ट, तान्जानियाको चामा च मापीनडुजी, रसियाको युनाइटेड रसिया पार्टी, श्रीलङ्काको श्रीलङ्का पोडुजाना परमुना, युनाइटेड नेशनल पार्टी, मेरिससको मिलट्यान्ट सोशलिस्ट मुभमेन्ट, मेरिसस लेबर पार्टी, मौरेसियन मिलटेन्ट मुभमेन्ट, पार्टी मौरिसियन सोशल डेमोक्रेटका प्रतिनिधिहरू दिल्ली जाने भएका छन् ।

    विभिन्न देशका नेताहरूसँग भाजपाका अध्यक्ष जेपी नड्डा , भारतीय विदेश मन्त्री एस.जयशंकर, रेल्वे मन्त्री आश्विनी वैष्णवले भारतमा भइरहेको चुनावको बारेमा छलफल गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस