काठमाडौं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले श्रमिकका विभिन्न समस्या समाधान गर्न श्रमाधान सेवाको थालीन गरेको छ ।१३५औं विश्व मजदुर दिवसको अवसरमा मन्त्रालयले श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित श्रमाधान सेवाको थालनी गरेको हो ।
स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्नेगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालको सो सेवाको उद्घाटन मन्त्री डोलप्रसाद अर्यालले गरे ।
श्रमाधान सेवा सुरुवात गर्दै उनले नेपाली स्वदेश तथा विदेशमा रहेका श्रमिकहरूका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले प्रभावकारिताका लागि यो सेवा थालिएको मन्त्री अर्यालले बताए । श्रम श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको मन्त्रीको भनाइ छ ।
सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न श्रमाधान कल सेन्टरमा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बर समेत सार्वजनिक गरिएको छ । समस्यामा परेको श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।