Logo

Sep 17 2024 | २०८१, असोज १गते

images
सेयर शिक्षा

अग्राधिकार शेयर भनेको के हो ?


२०८१, वैशाख २५ मंगलबार

  • 525
    Shares

  • अग्राधिकार शेयर भनेको के हो ?

    काठमाडौं । कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफिरेन्स शेयर भनिन्छ । अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ । साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ । 

    यद्यपि कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयरधनीले पनि लाभांश पाउँदैनन् । कम्पनी विघटनमा जाँदा पनि अग्राधिकार शेयरधनीलाई आफ्नो लगानी तथा लाभांश प्राप्त गर्ने पहिलो अधिकार चाहिँ हुन्छ । यही कारण साधारण शेयरभन्दा अग्राधिकार शेयरमा गरिएको लगानी सुरक्षित हुन्छ ।
    यस्तो अग्राधिकार सञ्चित लाभांश कम्पनी कुनै वर्ष घाटामा गएर लाभांश वितरण गर्न नसकेमा बाँकी रहेको लाभांश सञ्चित भएर आगामी वर्षहरूमा प्राप्त गर्ने व्यवस्था हुन सक्छ । यस्तो लाभांशलाई सञ्चित लाभांश भनिन्छ । त्यसैगरी कम्पनी विघटनमा गएर पूँजी फिर्ता गर्ने क्रममा अंकित मूल्य बराबर नै फिर्ता गर्नुपर्ने हुन्छ । सोही कारण अग्राधिकार शेयरमा अंकित मूल्य तोकिएको हुन्छ ।

    आम्दानी र सम्पत्तिमा प्राथमिकता अग्राधिकार शेयरधनीलाई आम्दानी प्राप्त गर्ने र कम्पनी घाटामा गएमा पनि पूँजी फिर्ता गर्ने क्रममा साधारण शेयरधनीलाई भन्दा पहिलो प्राथमिकता हुन्छ । यस्तो शेयरलाई मिश्रित प्रतिभूति पनि भनिन्छ । किनभने अग्राधिकार शेयरमा साधारण शेयर र ऋणपत्र दुवैको विशेषता हुन्छ । नेपालको कम्पनी ऐनअनुसार अग्राधिकार शेयर रकम फिर्ता गरेमा वा फिर्ताको प्रस्ताव गरेमा सो शेयरको अंकित मूल्यबराबरको नयाँ शेयर जारी गर्न सक्ने व्यवस्था छ । 

    प्रतिक्रिया दिनुहोस