Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

पपुवा न्युगिनीमा भीषण पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का


नया सडक

२०८१, जेठ ११ शुक्रबार

  • 612
    Shares

  • पपुवा न्युगिनीमा भीषण पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का

    सिड्नी । पपुवा न्युगिनीको एक दुर्गम गाउँमा गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का प्रत्यक्षदर्शी स्थानीय उद्धृत गरी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले जनाएको छ । 

    एबीसीका अनुसार पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको काओकलम गाउँमा स्थानीय समयअनुसार बिहान ३ बजे उक्त घटना भएको हो । 

    स्थानीयले एबीसीलाई बताएअनुसार मृतकको सङ्ख्या १०० भन्दा माथि पुगेको छ । पहिरोमा परी धेरै जनाको मृत्यु भएको तर अहिलेसम्म एकीन सङ्ख्या थाहा हुन नसकेको स्थानीय अधिकारीले बताएका छन् । 

    घटनाबारे पोरगेरा वुमन इन बिजनेस एशोसिएसनका अध्यक्ष एलिजाबेथ लारुमाले भन्नुभयो, “मानिसहरु राति सुतिरहेको समय पहिरो गएको र पहिरोमा परी सबै गाउ भग्नावशेषमा परिणत भएको छ । पूरै गाउँ नै पहिरोले पुरिएको छ ।” 

    लारुमाले भन्नुभयो, “मेरो अनुमानमा जमिनमुनि करिब १०० भन्दा बढी मानिस पुरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस