Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नकली  नेपाली नोट बनाउने गिरोहका चार जना ठूलो परिमाणमा नकली नोटसहित बारामा पक्राउ


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 591
    Shares

  • नकली  नेपाली नोट बनाउने गिरोहका चार जना ठूलो परिमाणमा नकली नोटसहित बारामा पक्राउ

    काठमाडौं ।  नकली नेपाली नोट बनाउने गिरोहका चार जना ठूलो परिमाणमा  नकली नोटसहित  बारामा पक्राउ परेका छन् । बारा प्रहरीले  पक्राउ गरेकाहरूमा  पक्राउ पर्ने एक  भारतीय हुन् ।

    बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार  पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरिएको हो ।  बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी सार्वजनिक गरे अनुसार  पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका -६ का २५ वर्षीय राजन चौधरी, वडा-५ का १९ वर्षीय आकाश चौधरी,  रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेका छन् ।

    उनीहरुको साथबाट प्रहरीले  १३ लाख १६ हजार नकली नेपाली नोट बरामद गरेको  छ । साथै प्रहरीले    ना ३४ प ३५१२ र बी.आर. ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद गरेको छ ।

    प्रतिक्रिया दिनुहोस