Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार वाहकलाई घर बाहिर लैजान रोक

इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार वाहकलाई घर बाहिर लैजान रोक

  • काठमाडौं । सरकारले  कानुन बमोजिम इजाजत पत्र पाएपनि यात्रा अनुमति नलिएका हतियार वाहकलाई घर बाहिर लैजान रोक लगाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो  निर्णय गरेको हो । 

    हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४मा  निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था गरिएको छ । तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था समेत छ ।  दुर्गा प्रसाईंको हतियारको यात्रा अनुमति बारेमा गृह मन्त्रालयले छानबिन गरेको बेला  प्रसाईंलाई हतियार दिने निर्णय र अनुमति पत्रमा फरक विवरण भेटिएको छ । 

    सर्वोच्च अदालतबाट प्रसाईंको हतियार बरामद गरेपछि मन्त्रिपरिषद्ले इजाजत प्राप्त हतियार बोक्न थप कडाइ गरेको छ । मन्त्रिपरिषद्को सो निर्णयमा प्रचलित कानुनबमोजिम इजाजत प्राप्त गरेका यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने ,उल्लेख छ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij