Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

भारतीय सेयर बजार मंगलबार ६ हजार अंकले ढल्यो

भारतीय सेयर बजार मंगलबार ६ हजार अंकले ढल्यो

  • काठमाडौं । मगलबार भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । संघीय सरकारका लागि सम्पन्न भएको  लोकसभा चुनावको नतिजा आउने क्रम सुरु भएसँगै भारतीय बजारमा भारी गिरावट देखिएको हो ।

    दिउँसो साढे १२ बजेसम्म बीएसई सेन्सेक्स अघिल्लो दिनको तुलनामा ६ हजार अंक (७.९७ प्रतिशत) घटेको छ । साढे १२ बजेसम्म बीएसई सेन्सेक्स ७० हजार ३७४ मा झरेको छ । सोमबार यो सेन्सेक्स ७६ हजार ५९९ अंकसम्म पुगेको थियो ।त्यस्तै अर्को नेसनल स्टक एक्स्चेन्जको सूचक एनएसई १९ सय बढी अंकले घटेको छ । साढे १२ बजेसम्म यो सूचक १९४७ अंक घटेर २१ हजार ३१६ मा झरेको छ । निफ्टी ५० सूचक ८.३७ प्रतिशत घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij