Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

जनमत पार्टीका मधेश प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त


नया सडक

२०८१, जेठ २५ शुक्रबार

  • 468
    Shares

  • जनमत पार्टीका मधेश प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

    जनकपुरधाम । जनमत पार्टीका मधेश प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । मधेश  प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

    संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएका थिए । विश्वास मत नपाएपछि जसपा नेतृत्वको सरकार ढलेकै दिन  मधेश  प्रदेश प्रमुखले त्यही दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज (शुक्रबार) सम्मको समय दिएकी थिइन् । नवनियुक्त मुख्यमन्त्री सिंहले केहीबेरमा शपथ लिनेछन् ।

    प्रतिक्रिया दिनुहोस