Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सर्लाहीको भरत तालमा पनि भ्रष्टाचार गरेको बागमती नगरपालिका थापा विरुद्ध अर्को मुद्दा दायर


नया सडक

२०८१, जेठ २९ मंगलबार

  • 585
    Shares

  • सर्लाहीको भरत तालमा पनि भ्रष्टाचार गरेको बागमती नगरपालिका थापा विरुद्ध अर्को मुद्दा दायर

    काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाविरुद्ध  भ्रष्टाचार गरेको अर्को  मुद्दा दर्ता गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार अर्को मुद्दा दर्ता गराएको हो ।आयोगले  थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो ।थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको दाबी छ ।

    यसअघि २८ चैतमा अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको  थियो ।ताल निर्माणमा अनियमितताको आरोपसहित अख्तियारले बागमती नगरपालिकाकी उपमेयर लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले मोक्तानलाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने माग गरेको छ ।

    नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने कैद र जरिवानाको मात्रै मागदाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस