Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

करजन्हा नगरपालिका बन्दिपुरमा स्वास्थ्य योगपार्क निर्माण


२०८१, असार ५ बुधबार

  • 414
    Shares

  • करजन्हा नगरपालिका बन्दिपुरमा स्वास्थ्य योगपार्क निर्माण

    सिरहा  । सिरहाको करजन्हा नगरपालिका वार्ड न -३ बन्दिपुर स्थित कमला नदीको पुर्वीकिनारामा स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै योग पार्क निर्माण गरिएको छ। पार्कमा हरेक बिहान बालबालिका , युवा, जेष्ठ नागरिक र महिलाहरू शारीरिक व्यायाम गर्छन् । व्यायाम गर्न मिल्ने विभिन्न उपकरण पार्कमै छन् । स्थानीयको माग र नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै करजन्हा नगरपालिका ले व्यायामका उपकरणको व्यवस्था गरेको हो। 

    बेलुका ५ बजे पार्कमा बालबालिका तथा , युवाहरु केही व्यायामका उपकरणसँग व्यस्त थिए । पार्कमा बिहान र साँझपख आराम, व्यायाम र ध्यान गर्न आउने बालबालिका , युवा महिला तथा जेष्ठ नागरिक हुने गरेको छ । उनीहरूलाई शारीरिक व्यायाम गर्न मिल्ने विभिन्न उपकरण पार्क मा भएको हुँदा बिहान र बेलुकीपख शारीरिक व्यायाम र आराम गर्न पुग्नेहरूको सख्या बढी हुने गरेको छ। नहर सुरक्षा गरि बनाइएको पार्कमा खुल्ला व्यायामका सामग्री -१२ सेट , हाइ सेड २ वटा , चारै तिर बस्न को लागि १०;वटा पाटो , चौतर्फी पर्खाल लगायत विभिन्न ठाउँ मा बस्ने फलैचा , खानेपानीको लागि कल तथा नेपाली झन्डा २ वटा जडान गरिएको छ।

    करजन्हा नगरपालिका वार्ड न -३ बन्दिपुरका वडाध्यक्ष प्रकाश कोइरालाले भने - आफ्ना वडावासीलाई शारीरिक व्यायाम गर्न मिल्ने विभिन्न उपकरण पार्कमा भएकोले बिहान र बेलुकीपख शारीरिक व्यायाम र आराम गर्न स्थानीय बालबालिका , युवा महिला तथा जेष्ठ नागरिक हरु आउने गरेको छ।उनले भने नहरको जमिन भएको कारणले खाली ठाउँमा गोबर मल थुपार्ने , फोहोर फाल्ने , गाई बस्तु , घास पराल राख्ने र सडक अतिक्रमण गर्ने हुदा फ़ोहोर लाई सुन्दरमा परिणत गरि उक्त योग पार्क को निर्माण गरिएको बताए ।वडाध्यक्ष कोइरालाले भने -दैनिक रुपमा निरोगी बन्न को लागि यसबाट दैनिक व्यायाम गर्ने हुदा निरोगी हुने अबसर प्रदान भएको बताए । स्थानीय युवा शिव थापाले भने हेर्दा सुन्दर , आकर्षक भएकोले फुर्सदको समय मा यहाँ जमघट हुने , व्यायाम गर्ने हुदा समयको पनि सदपयोग भएको बताए ।

    प्रतिक्रिया दिनुहोस