Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

महिला  अध्यक्षहरुको  भेला तथा क्षमता विकास कार्यशला गोष्ठी सम्पन्न


२०८१, असार १० सोमबार

  • 612
    Shares

  • महिला  अध्यक्षहरुको  भेला तथा क्षमता विकास कार्यशला गोष्ठी सम्पन्न

    सिरहा । सिरहाको लहानमा  विद्यालय व्यवस्थापन समितिका   महिला  अध्यक्षहरुको मधेस प्रदेश स्तरिय भेला तथा क्षमता विकास कार्यशला गोष्ठी सम्पन्न  भएको  छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघ नेपालद्वारा लहानको इष्ट पोइन्ट  होटेलमा २  दिने कार्यशला गोष्ठी सम्पन्न  भएको  हो। ८ र ९ गते संचालित  गोष्ठमा सिरहा , सप्तरी , धनुषा , महोत्तरी , सर्लाही, बारा , पर्सा र रौतहट  का सामुदायिक विद्यालय व्यवस्थापन समितिका ३० जना  महिला  अध्यक्षहरुको सहभागिता  रहेका थिए ।
      गोष्ठीमा सामुदायिक विद्यालय व्यवस्थापन समिति  महासंघका  केन्द्रिय अध्यक्ष गुणराज मोक्तान, महासचिव दुर्गानन्द ठाकुर र सा। वि । व्य। स। महासंघ मधेश प्रदेश समितिका सचिव सुदिप महतो लगायत  विद्यालय व्यवस्थापन समितिका महिला  अध्यक्षहरुको  उपस्थिति रहेका थिए । सामुदायिक बिधालय को शैक्षिक तथा गुणस्तर को सुधार गर्ने  उदेश्यले    सा वि व्य स का महिला  अध्यक्ष  हरु को लागि उक्त  कार्यक्रम गरेको  प्रदेश समितिका सचिव सुदिप महतोले बताए ।

    प्रतिक्रिया दिनुहोस