Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

एक सुन पसलको विरुद्ध सुन बजारै बन्द


नया सडक

२०८१, असार १२ बुधबार

  • 396
    Shares

  • एक सुन पसलको विरुद्ध सुन बजारै बन्द

    काठमाडौं । एक सुन पसलले ग्राहकलाई सेवा दिन गरगहनाको मूल्य घटाएर बिक्रीको विज्ञापन सार्वजनिक गरेको विरोधमा सुन बजारै बन्द भएको छ ।रिद्धि सिद्धि ज्वेलर्सले सुनको गहनामा जर्ती नलाग्ने र ज्यालामा भारी छुट भनेर विज्ञापन दिएको थियो। जसमा ज्याला ७ प्रतिशतमात्र लिने भनिएको छ। ज्वेलर्सले एकलौटी रुपमा सस्तो प्रचार गरेको विषय कालिगढ र व्यवसायीमुखी नभएको भन्दै सुनचाँदी व्यवसायीहरुले रिद्धि सिद्धि ज्वेलर्सको  विरोधमा उत्रिएका हुन्।

    उनीहरूले पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। न्यूरोड क्षेत्रमा व्यवसाय संचालन गर्दै आइरहेका व्यवसायीले पसल बन्द गरेर ¥याली पनि निकालेका हुन्।सुनचाँदी व्यवसायी महासंघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ,कालिगढ संघहरुको संयुक्त आयोजनामा सो विरोध प्रदर्शन गरिएको छ ।

    pasal band.png

    साथै उनीहरुले सरकारले सुनको भन्सार १५ प्रतिशतबाट २० प्रतिशत बनाएकोमा पनि विरोध गरिरहेका छन्। आजको प्रदर्शनका क्रममा उनीहरुले सो निर्णय पनि फिर्ता हुनुपर्ने माग गरेका छन् । यसका लागि १० संघहरुले सामुहिक रुपमा विभिन्न सरकारी निकायमा ज्ञापन पत्र पनि बुझाइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस