Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

तीन करोड ५७ लाखमा पक्की पुल निर्माण


नया सडक

२०८१, असार १४ शुक्रबार

  • 507
    Shares

  • तीन करोड ५७ लाखमा पक्की पुल निर्माण

    भोजपुर ।राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले रु तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो ।

    “राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ”, उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भन्नुभयो । 

    राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ ।  पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस