Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

ठगी गर्न खोज्ने दुई भारतीय नागरिक  पक्राउ


नया सडक

२०८१, असार १९ बुधबार

  • 411
    Shares

  • ठगी गर्न खोज्ने दुई भारतीय नागरिक  पक्राउ

    काठमाडौं । प्रहरीले  दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई  पक्राउ गरेको  छ । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे र मुम्बई जिपिओ कोलावका ३७ वर्षीय जावेद मसिह हुन् । उनीहरुलाई नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरेको हो ।


    उनीहरुले ५ दिनअघि मात्रै दर्ता नै नगरी जेडी नामको मनेपावर खोलेर अष्ट्रेलिया, रसिया, इटाली पठाउने भन्दै ठगी गर्न खोजेको पाइएको एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।उनीहरुले रामग्राम नगरपालिका-५ बाइपासमा मेनपावरको अफिस खडा गरेका थिए । पक्राउ परेकाहरुलाई कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय बुटवल पठाइएको एसपी फुयालले बताए ।

    प्रतिक्रिया दिनुहोस