Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ


नया सडक

२०८१, साउन ३ बिहीबार

  • 297
    Shares

  • जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

    तनहुँ । वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ परेकी हुन् । थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षिया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपित थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाइ रु ७९ लाख ९७ हजार नौ सय १९ लिएकी थिइन् । 

    प्रहरीले निजको साथबाट रु चार लाख ८० हजार र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । उहाँले भन्नुभयो, “ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।”  

    प्रतिक्रिया दिनुहोस