Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

राप्रपाबाट ३० वर्ष अघि राज्यमन्त्री बनेका रामचन्द्र रायको हत्या


नया सडक

२०८१, साउन ७ सोमबार

  • 357
    Shares

  • राप्रपाबाट ३० वर्ष अघि राज्यमन्त्री बनेका रामचन्द्र रायको हत्या

    काठमाडौं । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीमा चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो ।

    सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी सार्वजनिक गरे अनुसार   अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेकोे छ ।

     ३० वर्षअघि  ८० वर्षीय राय राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्या भएको थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस