Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सिल्भर हेरिटेज म्यानेजमेन्टले क्यासिनो नचलाउने भनेपछि पर्यटन विभागद्वारा इजजात रद्द

सिल्भर हेरिटेज म्यानेजमेन्टले क्यासिनो नचलाउने भनेपछि पर्यटन विभागद्वारा इजजात रद्द

  • काठमाडौं। सिल्भर हेरिटेज म्यानेजमेन्ट सर्भिसेस ‘केटीएम’को इजाजत पत्र रद्द गरिएको छ ।   क्यासिनो व्यवस्थापनमा नेपाल प्रवेश गरेको करिब १ दशकपछि  सिल्भर हेरिटेज म्यानेजमेन्ट सर्भिसेसको इजाजत पत्र रद्द गरिएको हो ।

    सन् २०१५ मा नेपाल भित्रिएको समूह क्यासिनोको व्यवस्थापनबाट आफैं अलग भएपछि पर्यटन विभागले इजाजत पत्र रद्द गरिदिएको हो। पर्यटन विभागका सूचना अधिकारी कालीबहादुर भुजेलले जानकारी सार्वजनिक गरे अनुसार  पहिले  यो कम्पनीले सांग्रिला होटल र भैरहवाको टाइगर प्यालेसमा क्यासिनो सेवा व्यवस्थापन गरेको थियो । यो कम्पनीले दुवै होटलमा सेवा नदिने निर्णय गरेर पत्र पठाएपछि पर्यटन विभागले े इजाजतपत्र रद्द गरिएको हो ।

    कम्पनीले ४ वर्षदेखि विभागलाई बक्यौता तिर्न नसकिरहेको अवस्थामा एक वर्षअघि हिमालयन टाइगर इन्भेष्टमेन्टले ५ अर्ब रुपैयाँमा टाइगर प्यालेस होटल खरिद गरेको थियो।

    नयाँ कम्पनीले ५४ करोड रुपैयाँ बक्यौता बुझाएर क्यासिनो सञ्चालनको इजाजत लिइ साउन ११ देखि रोयल टाइगर रिक्रिएसन सेन्टरलाई व्यवस्थापनको जिम्मा दिएको छ।

    टाइगर प्यालेसको क्यासिनोमा यसअघि काम गरेहकाहरुलाई रोयल टाइगर रिक्रिएसन सेन्टरले जागिर दिनेछ। लाजिम्पाटस्थित सांग्रिला होटल भने यतिखेर पुनर्निर्माणका क्रममा बन्द छ। विभागले होटल अन्नपूर्णको क्यासिनो प्यालेसको इजाजत पनि रद्द गरेको छ। यतिखेर होटल अन्नपूर्ण पनि बन्द छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij