Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन २१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, साउन २१ सोमबार

  • 336
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन २१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन २१ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    गार्डियन माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

     

    सोमवार एक कार्यक्रमबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लेखनाथ पोख्रेल र गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सको तर्फबाट सीईओ चिरायु भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा ६९ करोड ७४ लाख

    काठमाडौं ।  शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६९ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

     बैंकको इम्पेयरमेन्ट चार्ज बढेको छ । जसकारण नाफामा दबाब परेको छ । 

     खुद ब्याज आम्दानी भने थोरै बढेको छ । २ अर्ब ११ करोड रहेको उक्त आम्दानी ६.१४ प्रतिशतले बढेर २ अर्ब २४ करोड रुपैयाँ कायम भएको छ ।  बैंकको इम्पेयमेन्ट चार्ज ६१.२९ प्रतिशत बढेर ४९ करोड ३ लाख रुपैयाँ कायम भएको छ ।

    ‘केहि कम्पनीका शेयर मूल्यमा अस्वभाविक वृद्धि’ : प्रकाशशरण महत

    काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले केही कम्पनीका शेयर मूल्य अस्वभाविकरुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ ।

     

    प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्नुहुँदै डा महतले अहिले पुँजीबजारको वृद्धिलाई स्वभाविक रुपमा लिन नसकिने बताउनुभएको हो । “पछिल्लो समय शेयर बजारमा गति देखिएको छ । तर शेयर बजारमा जसरी ‘बुलिस ट्रेण्ड’ देखिएको छ, त्यसलाई हामीले सहजरुपमा लिनसक्ने अवस्था अवश्य छैन । त्यहाँ केहि चलखेलको सम्भावना प्रशस्त देखिएका छन्”, उहाँले भन्नुभयो, “कतिपय संस्थाको जसरी शेयर मूल्य बढेको छ, त्यो स्वभाविक देखिँदैन ।

    शेयर बजार : नेप्से परिसूचक ४०.७६ अंकले बढेर  २७९६.३८ विन्दुमा ,२१ अर्ब ८६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।  आज नेप्से परिसूचक ४०.७६ अंकले बढेर  २७९६.३८ विन्दुमा आएको छ ।आज  २१ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ समूहका सूचक बढेका छन् । 

     

    यस दिन ३२६ कम्पनीको ४ करोड ९७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब २६ करोडको कारोबार रकमसहित हिमालयन रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा आएको छ । आजदोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्टक्चर र सानिमा माई हाइड्रोपावर परेका छन् ।

    सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ९२.४७ प्रतिशतले बढ्यो

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५२ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ९२.४७ प्रतिशतले बढेको हो ।खुद ब्याज आम्दानी ५.०६ प्रशितले बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यसको सञ्चालन नाफा पनि ८७.४१ प्रतिशतले बढेको छ । यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज पनि ५३ करोडबाट घटेर ३७ करोड ७१ लाख रुपैयाँमा झरेको छ । यसले गर्दा नाफा बढ्न टेवा पुगेको छ ।  

    यता, सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा भने ३.१६ प्रतिशतबाट बढेर ४.०८ प्रतिशत पुगेको छ । बैंकको खुद नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ८९ पैसाले बढेर १५.१७ रुपैयाँ पुगेको छ ।

    कुमारी बैंकको खुद नाफा ३४५.६७ प्रतिशतले बढ्यो

    काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा आईपुग्दा नाफामा उल्लेख्य सुधार गरेको छ । असार मसान्त सम्ममा बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३४५.६७ प्रतिशतले बढेको हो ।

     

     

    बैंकको सञ्चालन नाफा पनि ३०५.९४ प्रतिशतले बढेर ३ अर्ब ९० करोड रुपैयाँ नाघेको छ ।

    घिल्लो वर्ष ८ अर्ब ११ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ३ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन नाफा बढ्नु तथा इम्पेयरमेन्ट चार्ज भारी मात्रमा घट्दा नाफा भारी मात्रामा बढ्न पुगेको छ ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ५० हजार रुपैयाँ

    काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।

    यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक १४.७६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.७६ विन्दुले बढेको छ । यससँगै सूचक २७७०.३८ अंकमा आएको छ । ५ करोड ४२ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय २७ कम्पनीको १ लाख हजार २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

     

    कुल ७० कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ ।

    लक्ष्मी सनराइजको खुद नाफा ३२.७९ प्रतिशतले बढ्यो

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।असार मसान्तसम्ममा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२।७९ प्रतिशत बढी हो।खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

     

    समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत बढेको छ।बैंकको कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेको छ।

    ग्लोबल आइएमई बैंकको खुद नाफा १०.१३ प्रतिशतले घट्यो

    काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको खुद नाफा १०.१३ प्रतिशतले घटेर ६ अर्ब १ करोड रुपैयाँमा झरेको छ ।

     

    एक वर्षको अवधिमा खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा ३ अर्ब ४२ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । 

    सञ्चालन नाफा पनि ८.२५ प्रतिशतले घटेर ८ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी पनि २.७४ प्रतिशतले घटेर १६ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ । असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

    चौथो त्रैमासमा नबिल बैंकले कमायो ७ अर्ब ६ करोडभन्दा बढीको मुनाफा

    काठमाडौँ । चौथो त्रैमाससम्म आइपुग्दा नबिल बैंकले ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको भन्दा १०.२३ प्रतिशतले बढी हो ।

     

    खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ र्अ २० करोड ७० लाख १० हजार रुपैयाँमा सीमित भएको छ । 

    इम्पेयरमेन्ट चार्ज घटेकाले खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको हो । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४२ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत असार मसान्तसम्म आइपुग्दा ३ अर्ब २२ करोड ४३ लाख ९० हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा ३.५१ प्रतिशतले बढेर ९ अर्ब ८४ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

    असार मसान्त सम्ममा प्रभु बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाए

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा आईपुग्दा नाफामा उल्लेख्य सुधार गरेको छ । असार मसान्त सम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १५०० प्रतिशतले बढेको हो ।यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ नाघेको छ ।

    अघिल्लो वर्ष ५ अर्ब २१ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष घटेर ५५ करोड ६८ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी , सञ्चालन नाफा बढ्नु तथा इम्पेयरमेन्ट चार्ज भारी मात्रमा घट्दा बैंकको नाफा भारी मात्रामा बढ्न पुगेको छ ।

    हिमालयन बैंकको खुद नाफा ८१.६० प्रतिशतले बढ्यो

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार बैंकले गत आर्थिक वर्ष २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

     

    इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । साथै, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । ९ अर्ब ९२ करोड रहेको उक्त आम्दानी १७।१२ प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ ।  सञ्चालन नाफा पनि ६७.४३ प्रतिशतले बढेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ४२.७६ प्रतिशत घटेर २ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ कायम भएको छ ।

    एनआइसी एसिया बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घट्यो

    काठमाडौं ।  चौथो त्रैमाससम्म आइपुग्दा इम्पेयरमेन्ट चार्ज बढेसँगै एनआइसी एसिया बैंकको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा ६८.९१ प्रतिशतले घटेर १ अर्ब ३८ करोड १८ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ ।

    अघिल्लो वर्ष ७२ करोड १९ लाख ६२ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष २ अर्ब ८४ करोड ४३ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

    खराब कर्जा १.६३ प्रतिशत विन्दुले बढेर १.७४ प्रतिशत पुगेको छ । यसले पनि नाफा प्रभावित भएको हो । साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ ।

    यस्तो छ आजको विदेशी मुद्रा बिक्री विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ।आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ।आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ १४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ।

    फेसबुक ह्याकगरी साइबर अपराधमा संलग्न पक्राउ

    काठमाडौँ ।विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । 

     

    पक्राउपर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन् । उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

     

    थापाले पीडितको फेसबुक ह्याकगरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमान्बीच भएका कुराकानीलगायत सामग्री सङ्कलनपश्चात् नक्कली एकाउन्ट बनाइ ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उहाँले बताउनुभयो ।

    बङ्लादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उहाँहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिनुभएको छ ।

     

    मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाबारे आज जानकारी लिनुभएपछि त्यहाँ रहेका नेपालीहरुको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिनुभएको हो । 

     

    त्यसअवसरमा बङ्गलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेका बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले पनि जानकारी गराउनुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिनिधिसभा बैठकको शून्य समयः ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को महसुल उठाउनैपर्छ

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले उद्योगी तथा व्यवसायीले विद्युत्भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेबापत तिर्नुपर्ने थप महसुल तिर्र्नैपर्ने बताउनुभयो । महसुल उठाउनुपर्छ भन्ने मत राख्ने नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति सांसदहरुले गुनासो गर्नुभयो ।

     

    विशेषगरी प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का सांसदहरुले प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई हटाउने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय गलत भएको धारणा राख्नुभयो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई हटाएर नयाँ नियुक्ति गरेको थियो ।

     

    शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई बर्खास्त गरिएकामा आपत्ति प्रकट गर्नुभयो । उहाँले ठूला व्यवसायीले विद्युत् महसुल तिर्नु नपर्ने भए अरु उपभोक्ताले महसुल तिर्नुपर्ने कि नपर्ने भनी प्रश्न गर्नुभयो ।

    सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

    गलकोट ।उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो । 

     

    जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने आधुनिक उपकरण भित्र्याएको छ ।

     

    एक वर्षदेखि परम्परागत तरिकाले आलु चिप्स, बाँकोको गुन्द्रकु र सिस्नोको पाउडर बनाउँदै आएको उक्त संस्थाले ुगाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनीु दर्ता गरेर अर्गानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिनुभयो । 

    काठमाडौं-तराई फास्ट ट्रयाक : प्रधानमन्त्रीद्वारा मकवानपुरस्थित धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु

    बकैया ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्रयाक)सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभएको छ । 

     

    मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गर्नुभएको हो । निजगढ–कामाठाडौँतर्फको एक दशमलव छ सय ५३ किमी धेद्र्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ  छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको छ ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ५० हजार रुपैयाँ

    काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।

    यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस