Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

अर्थमन्त्री पौडेलले व्यवसायीलाई  सुन आयात भन्सार दर घटाउने विश्वास दिलाए


नया सडक

२०८१, साउन २२ मंगलबार

  • 492
    Shares

  • अर्थमन्त्री पौडेलले व्यवसायीलाई  सुन आयात भन्सार दर घटाउने विश्वास दिलाए

    काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदी व्यवसायीहरूलाई सुनचाँदीमा भन्सार दर घटाउने विश्वास दिलाएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीहरूले अर्थमन्त्रालयमा भेट्न गएका बेला अर्थमन्त्री पौडेले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको विश्वास दिलाएका हुन् ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले अर्थमन्त्रीसँगको भेटवारे यस्तो जानकारी सार्वजनिक गरेका  छन्।  भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्बोधन गर्न जरुरी रहेको सुनचाँदी व्यवसायीहरूले बताएपछि मन्त्री पौडेलले भन्सार दर घटाउन सरकार सकारात्मक रहेको बताए ।

    नेपालले चालु वर्षको बजेटमार्फत सुन आयातमा भन्सार दर १५ बाट २० प्रतिशत पु¥याएपछि भारतले सुनको भन्सार दर  ६ प्रतिशतमा झारेको छ। यसले गर्दा  नेपालमा भन्दा अहिले भारतमा सुनको मूल्य प्रति तोला करिब १४ हजार रुपैयाँ सस्तो हुन पुगेको छ ।

    व्यवसायीहरुले भन्सार दर सुनमा ८ र चाँदीमा ६ प्रतिशत कायम गर्न माग गरे । साथै उनीहरुले मूल्यका आधारमा भन्सार दर लिँदा दिन दिनै भाउ फरक परेर कारोबारमा समस्या हुने भएकाले १५÷१५ दिनका लागि फ्ल्याटमा भन्सार मूल्य तोक्न पनि आग्रह गरे । व्यवसायीहरुले दैनिक २० किलो सुन आयात सीमा बढाएर   ५० किलो सुन आयात गर्ने व्यवस्था मिलाउन पनि माग गरे ।

    प्रतिक्रिया दिनुहोस