काठमाडौं । त्रिवेणी मोटोकर्प प्रा.लि.ले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि बिक्री वितरण सुरु गरेको छ । कमर्सियल र प्यासेन्जर दुवै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो∙ कामा अटोमोबाइल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी बिक्री वितरण शुरु गरेको हो ।
स्याङडो∙ कामा अटोमोबाइल कम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको र यस कम्पनीका उत्पादनहरु विश्वका ६० देशहरुमा बिक्री वितरण हुदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमताभएको पीक अप भ्यानको बिक्री वितरण सुरुगरेको छ ।बिजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आबद्ध सबै पक्षको समान लाभको लागि कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले लिएको जनाएको छ ।
११ र १४ सिट क्षमताको कामा ई.भी. माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० कि.मी रेञ्ज प्रदान गर्ने गर्दछ । कामा का सबै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. ब्याट्री जडित रहेका छन् ।कम्पनीले उक्त रेञ्जहरु ४० कि.मी. प्रती घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. सञ्चालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परीक्षण गर्दा २५० कि.मि. को रेञ्ज सजिलै पाईने जनाएको छ ।
त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ, साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसबाट बिक्री पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भिस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग कामा ब्रान्डका गाडी छनौट गर्न सक्नुहुनेछ भनी कम्पनीले जनाएको छ । कम्पनीले सर्भिस सम्बन्धी व्यवस्थाहरुको निरीक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध समेत गरेको छ ।