Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

पर्सा प्रहरीद्वारा प्रतिबन्धित भारतीय नोट सहित एक जना पक्राउ

पर्सा प्रहरीद्वारा प्रतिबन्धित भारतीय नोट सहित एक जना पक्राउ

  • काठमाडौं ।पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ ।पर्सा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले प्रतिबन्धित भारुसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

    पर्सा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘मिति २०८१।०४।२१ गते अं.२२;३० बजेको समयमा पर्सा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा नियमितरूपमा चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट शंकास्पदरूपमा आउदै गरेको निम्न लिखित वतनका एक जना पुरूष व्यक्तिलाई कानूनी रीतपु¥याई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट स्रोत  नखुलेको भारतीय प्रतिबन्धित रू.५०० दरका नोट ४३८ थान गरी जम्मा भारतीय रू.२,१९,०००।–( दुई लाख उन्नाइस हजार) फेला परेको हुँदा उल्लेखित भारतीय रुपैया बरामद तथा निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति २०८१।०४।२२ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको ।’

    पर्सा प्रहरीका अनुसार भारत पूर्वी चम्पारण बिहार जिल्ला मोतिहारी घोडासाहन बस्ने दिनानाथ प्रसादको छोरा वर्ष २९ को अनिल कुमार  पक्राउ परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij