काठमाडौँ । आज नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा आएको छ । आज १९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । आज डेढ दर्जन कम्पनी ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म बढेका छन् ।
१ अर्ब ५३ करोडसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर परेका छन् ।