Logo

Sep 15 2024 | २०८१, भदौ ३०गते

images

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने


नया सडक

२०८१, साउन २३ बुधबार

  • 486
    Shares

  • आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन २७ गते आइतबारदेखि १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसले १ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । 

    हकप्रद सेयरका लागि यसले साउन १ गते बुक क्लोज गरिसकेको छ ।  असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयरमा लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    यो हकप्रद सेयरलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी इस्यूआर रेटिङ बी माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । 

    कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस