काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेका निर्माण व्यवसायी र आपूर्तिकर्ताहरूको नामावली सार्वजनिक गरेको छ ।
समयमा जिम्मा लिएको निर्माण काय पूर्रा नगरेको, पटक पटक पत्र पठाउँदा पनि अटेर गरेको कम्पनीहरुलाई कालोसूचीमा राखिएको निर्णय गरिएको हो ।
कालोसूचीमा राखिएका कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्म निर्माण प्रक्रियामा सहभागी हुन नपाउने गरी निर्णय गरिएको सो सूचनामा उल्लेख छ।