Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफा बढ्यो


नया सडक

२०८१, साउन २७ आइतबार

  • 300
    Shares

  • एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफा बढ्यो

    काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ४७४.३८ प्रतिशत बढेर ६ करोड ७६ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड १७ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    गत असार मसान्तसम्म कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेर २ करोड ९५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४० लाख रुपैयाँ कुल ब्याज आम्दानी गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेर १ करोड ८० लाख रुपैयाँ रहेको छ ।


    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्ग ११६.४२ प्रतिशत बढेर ११ करोड ६० लाख रुपैयाँ र लगानी पुनर्मूल्याङ्कन जगेडा १०५.५९ प्रतिशत बढेर ६० करोड ५३ लाख रुपैयाँ रहेको छ।नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.५७ रुपैयाँ बढेर ५.५३ रुपैयाँ पुगेको छ । असारसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.९७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३५.२७ गुणा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस