काठमाडौं । आरम्भ चौतारी लघुवित्तले ४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ६ करोड ५ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खराब कर्जा भारी मात्रामा घटाउँदा नाफा बढ्न पुगेको छ ।
अघिल्लो वर्ष १०.५८ प्रतिशत रहेको आरम्भ चौतारीको खराब कर्जा अहिले घटेर ३.०७ प्रतिशतमा झरेको छ । कम्पनीको सञ्चालन नाफा पनि ६०.६७ प्रतिशतले बढेर ६ करोड २१ लाख रुपैयाँ कायम भएको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ ।
आरम्भ चौतारी लघुवित्तले ४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ६ करोड ५ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खराब कर्जा भारी मात्रामा घटाउँदा नाफा बढ्न पुगेको छ ।