Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेपाल रिपब्लिक मिडियाको खुद नाफा २८८.२९ प्रतिशतले बढ्यो


नया सडक

२०८१, साउन ३१ बिहीबार

  • 330
    Shares

  • नेपाल रिपब्लिक मिडियाको खुद नाफा २८८.२९ प्रतिशतले बढ्यो

    काठमाडौं । चौथो त्रैमाससम्म आइपुग्दा नेपाल रिपब्लिक मिडियाको खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा २८८.२९ प्रतिशतले बढेर ४० लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

    आम्दानी भने १६.३० प्रतिशतले घटेर १८ करोड ८० लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

    आम्दानी घटेपनि बिक्री लागत र प्रशासनिक खर्च घट्दा यसको खुद नाफा बढ्न पुगेको हो । वित्तीय लगात २५.९९ प्रतिशतले घटेर ६ करोड ३ लाख ५५ हजार रुपैयाँमा आएको छ । प्रशासनिक खर्च पनि २७.९० प्रतिशतले घटेर ५ करोड ६० लाख ८१ हजार रुपैयाँ कायम भएको छ ।

    असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ छ ।

     

     

    प्रतिक्रिया दिनुहोस