Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घट्यो, चाँदी तोलाको १० बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ घट्यो, चाँदी तोलाको १० बढ्यो

  • काठमाडौँ । मंगलबार सुनको मूल्य प्रति तोला  १०० रुपैयाँ घटेको छ। आज सुन मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।सोमबार सुन प्रति तोला  ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।मंगलबार चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा १० रुपैयाँले चाँदीको भाउ बढेको हो।

    मंगलबार चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २५०१.५ डलर छ। मंगलबार चाँदी मूल्य बढेर प्रतिऔंस २९.३५ डलरमा कारोबार भएको छ। सोमबार सुन प्रतिऔंस २५०१.९३ डलर र चाँदी प्रतिऔंस २८.९९ डलर थियो।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij